काठमाडाैँ । जिल्ला न्यायाधीश परशुराम भट्टराईले राजीनामा बुझाएका छन्।
उनले शुक्रबार न्याय परिषदमार्फत प्रधानन्यायाधीश समक्ष राजीनामा बुझाएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।
‘उहाँले अस्ति पाँच गते राजीनामा बुझाउनुभएको छ। तर त्यसबारे अरू कारबाही अघि बढेको छैन,’ उनले भने।
न्यायाधीशको राजीनामा आएपछि स्वीकृत गर्ने निर्णय गर्नुपर्ने नियम छ। न्यायाधीश भट्टराईसहित जिल्ला न्यायाधीश अम्बिका निरौला र राजकुमार कोइरालामाथि न्याय परिषदले छानबिन गरिरहेको थियो।
उनीहरूविरूद्ध परेका उजुरीहरूको प्रारम्भिक अध्ययनपछि परिषदले समिति गठन गरी थप अनुसन्धान अघि बढाएको थियो।
सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा न्यायाधीशहरू प्रकाश ढुंगाना र तिलप्रसाद श्रेष्ठको समितिले शुक्रबारै उनीहरू माथिको छानबिन सकेर प्रतिवेदन बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस्