काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
सुवास भण्डारीले नेपालका लागि पहिलो सफलता दिलाएका छन् । उनले ११औं ओभरको पहिलो बलमा ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका हुन् ।
इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले ११ ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।
ओपनर टम जोन्स ३० र स्रेहित रेड्डी २ रनमा नटआउट छन्। पहिलो विकेटका लुक वाट्सन र टम जोन्सले ५३ रनको साझेदारी गरे।
प्रतिक्रिया दिनुहोस्