काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदको महासचिव नियुक्तिका लागि गरिएको सिफरिसबारे राष्ट्रपतिलाई स्मरणपत्र पठाएका छन् ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेका थिए । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गरेका छैनन् ।
सभामुख घिमिरेले माघ ४ गते स्मरण पत्र पठाएको राष्ट्रियसभा अध्यक्षका प्रेस संयोजक दुर्गाप्रसाद शर्माले जानकारी दिए । यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव पद्ममप्रसाद पाण्डेयलाई महासचिव नियुक्तिका सिफारिस गरेका थिए ।
तर, राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयको नियुक्ति सिफारिस ‘होल्ड’मा राखेका थिए । तत्कालीन महासचिव भरतराज गौतमले संसद्को महासचिवबाट राजीनामा दिएपछि सभामुख र राष्ट्रियसभा अध्यक्षले पाण्डेयलाई नियुक्तिको सिफारिस गरेपनि पाण्डेयको नागरिकता र पासपोर्टमा विवाद आएको थियो । सोहीकारण देखाउँदै राष्ट्रपतिले पाण्डेयको नियुक्ति होल्डमा राखेको बुझिएको छ ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुख घिमिरेले महासचिव नियुक्तीबारे स्मरणपत्र प्राप्त भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्