काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध न्युजिल्यान्डका दुई ब्याटरले अर्धशतक बनाएका छन् ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डका तेस्रो क्रमका ब्याटर स्नेहिथ रेड्डी र कप्तान ओस्कार ज्याक्सनले अर्धशतक बनाएका हुन् । यी दुईले नेपालविरुद्ध चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीको इनिङ सम्हालिरहेका छन् ।
नेपालविरुद्ध न्युजिल्यान्डले स्कोरबोर्डमा ६७ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो । त्यसयता यी दुईले १०७ रनको साझेदारी गरिसकेका छन् । जारी खेलको ३६ ओभर समाप्त हुँदा न्युजिल्यान्डले तीन विकेट गुमाएर १७४ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्