Ads

कोशीमा बालबालिकाको नि:शुल्क उपचार


बिराटनगर\ कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग सम्झौता गर्दै बालबालिकाको निःशुल्क उपचार सुरु गरेको हो ।

मन्त्रालयले हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकसँग दुई पक्षीय सम्झौता गरी निःशुल्क उपचार सुरु गरेको छ ।

दुई पक्षीय सम्झौता पत्रमा मुख्यमन्त्री कार्कीको विशेष उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकका डा.भगवान् कोइराला, नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपाल लगायतले हस्ताक्षर गरेका हुन् ।

कोशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको बाल मृत्यु दर कोशी प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू