काठमाडाैँ । पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटवार्ता भएको छ ।
यो भेट अर्थपूर्ण बनेको कोइरालाले बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफू र शाहबीच अर्थपूर्ण भेट भएको उल्लेख गरेर तस्वीर सार्वजनिक गर्दै कोइरालाले भनेकी छन्, ‘उहाँको सरल व्यवहारले सबैको मन जितेको छ । उहाँमा राष्ट्र प्रेम झल्किन्छ ।’
तस्वीरमा हिमानी र मनिषा दुवै हँसिलो मुद्रामा देखिएका छन् । पछिल्लाे समय काेइराला नेपालमा राजतन्त्रकाे पक्षमा वकालत गरिरहेकी छन् ।
प्रतिक्रिया दिनुहोस्