Ads

सुरक्षाघेराबीच उपेन्द्र यादवले गरे मधेश कृषि विश्वविद्यालयको शिलान्यास


काठमाडाैँ । जनमत पार्टीको अवरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादव मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् ।

यादवको उपस्थितिप्रति जनमत पार्टीले विरोध जनाएकाले झडपको आशंका गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कार्यक्रम स्थलमा सुरक्षाकर्मीसँगै जसपाका कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति थियो । त्यसैगरी, ठूलो संख्यामा जनमत पार्टीका समर्थक पनि भेला भएका थिए ।

प्रदेश सरकारले निर्माण गर्न लागेको विश्वविद्यालयको शिलान्यास राजनीतिक स्वार्थको कारण जसपा अध्यक्षबाट गराउन लागिएको भन्दै जनमत पार्टीले विरोध गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू