Ads

एमालेले प्रधानमन्त्रीलाई बुझाएको ७५१ बुँदे मागमा के छ?


काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ७५१ वटा माग सरकार समक्ष प्रस्तुत गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीबारे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन् ।

अभियानका क्रममा कुल ७५१ वटा माग प्राप्त भएको एमालेले जनाएको छ । ती माग विभिन्न ४६ क्षेत्रसँग सम्बन्धित छन् । त्यसलाई वर्गीकरण गरी प्रधानमन्त्रीलाई बुझाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रदेशगत रूपमा गण्डकीबाट ५९ निवेदनमार्फत १६१ वटा विषय, कोसीबाट ४८ निवेदनमार्फत १७० वटा विषय, सुदूरपश्चिमबाट २४ निवेदनमार्फत १३५ माग समेटिएको गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वाग्मतीबाट ३४ निवेदनमार्फत ११३ वटा, कर्णालीबाट २८ निवेदनमार्फत ८९, लुम्बिनीबाट १० निवेदनमार्फत ७५ माग र मधेस प्रदेशबाट संकल्प प्रस्तावसहित दुई निवेदनमा आठ वटा माग समावेश गरिएको उनले जानकारी दिए ।

एमालेले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पहाडी क्षेत्रको विकास र समृद्धिको संवाहक परियोजनाका रूपमा रहेको, अधिकांश राजमार्गहरू विदेशी सहायतामा बनेको परिप्रेक्ष्यमा नेपालको आफ्नै स्रोत, इञ्जिनियरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू