Ads

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ।

सिन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् ।

सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् ।

‘…अतः ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको हो? सो को निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न आवश्यक पर्ने भएको छ’, सफलले लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत गरेका छन् ।

यस्तो छ उनले समिति र सभामुखलाई बुझाएको उजुरी:

Ads

सम्बन्धित पोष्टहरू