काठमाडौं । सरकारले माघ २२ गते संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस पठाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते अपराह्न संसदको दुबै सदन (प्रतिनिधि र राष्ट्रियसभा) को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिइन् ।
यसअघि संसदको बजेट अधिवेशन कात्तिक १६ गते अन्त्य भएको थियो ।
प्रतिक्रिया दिनुहोस्