मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज केही चुनौतीयुक्त या अप्ठ्यारो परिस्थिति पैदा हुन सक्छ, तर पनि केही काम बन्नेछन् । समयको सदुपयोग हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभता र अनुकूलता बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । मिहेनत अलिक पर्ला, तर उपयोगी कामहरू सम्पादन हुनेछन् । परिवारजनको सहयोग मिल्नेछ । आश मारेको काम पुनः बन्न सक्ने योग छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्ला । कर्मबल बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज केही चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न हितकर हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): केही खर्च बढे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । मिष्ठान्न भोजन प्राप्तिको योग छ । स्वास्थ्यका लागि आज खानपानमा सजग रहनु हितकर होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । तर, काममा अरूको भरपर्दा काम रोकिन सक्छ, याद राख्नुहोस् । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । नयाँ ज्ञान सिक्ने अवसर जुर्ला । कतै आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आफ्नो अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । पराक्रम वृद्धिका साथै पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आरोग्यता वृद्धि र आर्थिक काममा आकर्षण बढ्ने दिन छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन्, सावधान रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । खर्चको मात्रा बढेपनि चुनौती चिर्दै कार्य सम्पादन गर्न सकिएला । ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारलगायत आर्थिक लाभसम्बन्धी काममा राम्रै फाइदा हुने समय छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । मान्यजन वा विशिष्ट व्यक्तिसँग बहसको सम्भावना छ, सावधान रहनुहोला । आत्मविश्वास बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): जथाभावी दिइएको बचनले अप्ठ्यारोमा परिने योग रहेपनि आजको दिन चुनौती चिर्दै अघि बढ्न सकिएला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलबाट जोगिनु हितकर हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्ने समय छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आरोग्यता र कर्मबल बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर होला । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्