काठमाडौं । नेपाल टेलिकमका तत्काली प्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलद्वयलाई बानेश्वर र बबरमहलबाट नियन्त्रणमा लिएर हिरासतमा राखेको आयोग उच्च स्रोतले जानकारी दियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस र पेमेन्ट गेटवे सम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा सम्पत्ति विदेश पठाउने कार्य गरेको आशंकामा नियन्त्रणमा लिइएको स्रोतले बतायो ।
सुनिल पौडैल लगायतविरुद्ध पेमेन्ट गेटवेमा २३ करोड २७ लाख र विकल पौडेल लगायतविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया दिनुहोस्