मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । व्यवसायमा लक्ष्य अनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )खर्च लागेपनि दिगो आय स्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिएपनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढि रहनेछन् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )बोलीको कारणले केहि समस्या उब्जिएपनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको सम्भावना छ । अध्ययनमा समय दिन नसकिएला । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )विस्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्न सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केहि समस्या निम्त्याएपनि इच्छा शक्ति एवम् मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैया पैसाको कारोबार हुने देखिन्छ । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परेपनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्