Ads

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भाग नलिने भएका छन् ।

उपप्रमुख सनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा चार पदका निम्ति मतदान जारी छ ।

मेयर शाह भने हैटौँडा गएका छैनन् । बालेनको सचिवालयका अनुसार महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन् ।

आज दिउँसो ३ बजेसम्म मतदानको समय भए पनि उनी त्यहाँ नजाने सचिवालयले स्राेत जानकारी गरायो ।

Ads

सम्बन्धित पोष्टहरू