काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले यही माघ १५ गतेदेखि दिने अनलाइन सेवा प्राप्तिका लागि गर्नुपर्ने विभिन्न प्रक्रियाबारे जानकारी गराएको छ ।
कार्यालयले आउँदो सोमबारदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र करेक्सनलगायत अनलाइनबाटै दिन लागेको छ । त्यसका लागि सम्बन्धित विद्यार्थीले अनलाइन प्रयोग गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे कार्यालयले जानकारी दिएको हो ।
अनलाइन सेवा लिन सुरुमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेभसाइट लग इन गर्नुपर्छ । त्यसपछि सर्टिफिकेट लिंकमा क्लिक गर्नुपर्ने र साइन अप गरेपछि इमेलमा एउटा लिंक देखाउँछ । र, उक्त लिंकमा क्लिक गर्नुपर्ने जनाइएको छ ।
अनलाइन माध्यमबाट सेवा सुविधा लिने विद्यार्थीहरुको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिने कार्यालयले बताएको छ । यो सेवा माघ १५ गते सोमबार बिहान १० बजेबाट सञ्चालन हुनेछ ।
केही समयको लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्व अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशित गरिने कार्यालयले जनाएको छ ।
कार्यालयले नाम, थर आदि सच्याउने प्रक्रियाको लागि आवश्यक प्रमाणहरु आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुस्थित केन्द्रीय कार्यालय बुझाउनुपर्ने समेत जानकारी दिएको छ ।
कसरी थाल्ने प्रक्रिया:
त्रिविका अनुसार परीक्षा नियन्त्रण कार्यालयको वेब साइटबाट अनलाइन फारम भर्न सकिन्छ। त्यसका लागि विद्यार्थीले www.tuexam.edu.np मा लगइन गर्नुपर्छ। त्यहाँ सर्टिफिकेट लिङ्कमा क्लिक गर्नुपर्छ।
त्यसपछि साइन अपको अप्सन दिइएको छ। त्यहाँ विद्यार्थीले साइन अप गरेपछि आफ्नो इमेल ठेगानामा एउटा लिंक आउँछ।
त्यस लिंकमा क्लिक गरेर रजिष्ट्रेशन स्लिप अपलोड गर्नुपर्छ। अनि ट्रान्सक्रिप्टमा गएर आवश्यक सूचना भर्नुपर्छ।
यहीँ अरु सेवा चाहिएमा त्यहीअनुसार क्लिक गर्दै अघि बढ्नुपर्छ। अनलाइनबाट सेवा लिँदा सम्बन्धित कागजात पनि त्यहीँ अपलोड गर्नुपर्छ।
‘उल्लेखित सूचना अनुसार फारम भर्ने र त्यहीअनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा सबमिट गर्नुपर्ने हुन्छ।’, त्रिविले भनेको छ।
विद्यार्थीको अनलाइन फारम सबमिट भएपछि सम्बन्धित शाखाबाट उक्त सूचनाका आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु हुने परीक्षा नियन्त्रक जोशीले जानकारी दिएका छन्।
यदि सबै प्रक्रिया पूरा भएमा त्रिविले ट्रान्सकृप्ट प्रिन्टमा पठाउँछ। प्रमाणीकरण भएको ट्रान्स्कृप्टको सूचना सम्बन्धित विद्यार्थीलाई पठाइन्छ।
फारम भर्दा विवरण अपूरो भएमा त्यसको पनि सूचना सम्बन्धित विद्यार्थीलाई दिइने उनले बताए। त्यसपछि बाँकी आवश्यक प्रक्रिया पूरा गरी फेरि अपलोड गरेर सुविधा लिन सकिनेछ
अनलाइन सेवा लिएका विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट उपलब्ध गराइनेछ।
जोशीका अनुसार नाम, थर सच्चाउने प्रक्रियाका लागि आवश्यक प्रमाण नजिकको सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ।
अनलाइन फारम भरेपछि प्रमाणपत्रहरू सङ्कलन गर्दा विद्यार्थी स्वयम् या इच्छाएको व्यक्तिलाई प्रमाणसहित पठाउन सकिने पनि पनिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्