Ads

गण्डकी प्रदेशमा गठबन्धनका तीनै उम्मेदवार विजयी


काठमाडौं । राष्ट्रियसभा अन्तर्गत आज भएको निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तागठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्  गण्डकीमा अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार र अन्य क्लष्टरमा कांग्रेसकै किरणबाबु श्रेष्ठ र महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् ।

बिहीबार सम्पन्न निर्वाचनबाट परियारले ३ हजार ७ सय ७४ मतभार पाए । परियारलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका छन् । विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरे ।

त्यस्तै, श्रेष्ठले ३ हजार ८ सय ८ मतभार पाएर विजयी भए । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिए । विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरे ।

माओवादीकी शर्माले  ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिए । विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू