Ads

तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते


धादिङ । धादिङमा तीन वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मालिंगामा बिहीबार राति साढे ९ बजे काठमाडौंबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२-००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग विपरित दिशाबाट आउदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

दुर्घटनामा तीन वटै मोटरसाइकलका चालक र पछाडि बसेकाहरू घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्तुलाल जैसवारका अनुसार दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकलका चालक काठमाडौंको टोखा नगरपालिका-२ का २८ वर्षीय विजय डंगोल र पछाडि ‍सवार ४६ वर्षीय मिना डंगोल घाइते भएका छन् ।

त्यस्तै ८९६० नम्बरको मोटरसाइकलका चालक टोखाकै २८ वर्षीय विवेक तामाङ र पछाडि सवार २४ वर्षीया विनिता डंगोल ८५५९ नम्बरको मोटरसाइकलका चालक धादिङको गजुरी गाउँपालिका-२ का २६ वर्षीय सुदिप खरेल र बेनिघाट रोराङ गाउँपालिका-३ का १५ वर्षीय कर्म प्रजा घाइते भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू