Ads

इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ


काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । सुनारलाई ललितपुर महानगरपालिका वडा नम्बर ३, स्थित धोबिघाटबाट बिहीबार पक्राउ गरिएको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि सुनारसहित सञ्चालक समितिका पदाधिकारीको खोजी भइरहेको थियो । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवकुमार नेपालीसहितका पदाधिकारीहरु अझै फरार रहेका छन् । उनीहरुविरुद्ध बागलुङ जिल्ला अदाललतले जेठ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सरिता तिमल्सेना समेतको संयुक्त जाहेरीमा उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५१ वर्षका देवकुमार नेपालीसमेत आठ जना भएको सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा उनीहरुलाई पक्राउ गर्नको लागी बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते अनुमति दिएको थियो ।

सोहि अनुसार सहकारीका संचालक समितिका अध्यक्ष नेपालीसमेत आठ जनालाई खोजतलास गर्ने क्रममा सुनारलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार २७ वर्षका सुनार बागलुङको निसीखोला गाँउपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् ।

Ads

सम्बन्धित पोष्टहरू