काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ ।
सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ ।
विकेटकिपर नुमान शाह र खालिद तानिवालले खाता नखोली आउट भए। नेपालका गुल्सन झा र आकाश चन्दले एक एक विकेट हात पारे।
गुल्सनले पहिलो ओभरको चौथो बलमा र आकाशले दोस्रो ओभरको तेस्रो बलमा विकेट लिएका हुन्। दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ।
प्रतिक्रिया दिनुहोस्