काठमाडाैँ । नेकपा माओवादी केन्द्रका बहुमत सांसदले सुदूरपश्चिममा संसदीय दलको नेता फेरबदल गरेका छन्।
संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा आज बसेको बैठकले दलका नेता खगराज भट्टलाई हटाउने निर्णय गरेको हो।
बहुमत सदस्यहरूले यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको सांसद ओमविक्रम भाटले बताए।
भट्टलाई संसदीय दल नेतामा हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट,लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका गरेका छन्। उनीहरूले संसदीय दल नेता परिवर्तन गरेको जानकारी सुदूरपश्चिम प्रदेश सभालाई पनि जानकारी गराइसकेका छन्।
भट्टको भूमिकालाई लिएर यसअघि नै सुदूरपश्चिम माओवादीका अधिकांश सांसदहरूले अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका थिए।
प्रतिक्रिया दिनुहोस्