धुलिखेल । काभ्रेको धुलिखेलमा गएराति भएकाे सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाए अनुसार दुर्घटना राति ९ बजेर १० मिनेटमा भएकाे थियाे ।
धुलिखेल नगरपालिका ४ धुलिखेल चोक स्थित अरनिको राजमार्गमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा प्र. ०१-२५ च ८४२५ नम्बरको कारले धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ८५ प ६५०६ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे । सोही कारले धुलिखेल नगरपालिका ३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा प्र ०१-२४ च ९४८५ नम्बरको योद्दा पिकअप गाडीलाई समेत ठक्कर दिइ दुर्घटना हुँदा ५ जना घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियाे ।
तीनवटै सवारी साधनामा क्षति भएको र ती साधन प्रहरीको नियन्त्रणमा रहेका छन् । साे स्थानमा सडक अवरोध भने नभएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते हुने मध्ये स्कुटर चालक पनौती नगरपालिका ११ बस्ने बर्ष २८ को मनोज तामाङ, कार चालक धुलिखेल नगरपालिका ३ बस्ने बर्ष अनदाजी ४० को पारस श्रेष्ठ, कारमा सवार नमोबुद्ध नगरपालिकाका अन्दाजी २२ बर्षकी लक्ष्मी गजमेर, योद्दा पिकअप चालक बनेपा नगरपालिका ९ बस्ने बर्ष २० को अभिषेक राउत, योद्दा गाडीमा सवार भारत घर भएको बर्ष अन्दाजी २५ को जिनु साह रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्