Ads

बाबु छोरी सवार मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी गम्भीर घाइते


चितवन । बाबु छोरी सवार मोटरसाइकललाई जिपले ठक्कर दिँदा चितवनमा बाबुको मृत्यु भएको छ । मंगलबार साँझ भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा उनकी छोरी पनि सवार थिइन् । १५ बर्षीया उनकी छोरी अपेक्षा खत्री भने गम्भीर घाइते भएकी छिन् । दुबै खुट्टामा चोट लागेकी अपेक्षाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू