Ads

बालेनले मागे शिक्षा शाखा प्रमुख कोइरालासँग स्पष्टीकरण


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।

नगर शिक्षा समितिको निर्णय नभए पनि मध्यबानेश्वरस्थित रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि बालेनले स्पष्टीकरण सोधेका हुन् ।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ ।

‘नगर शिक्षा समितिको निर्णयविना उहाँले कक्षा थप गरेको पाइएपछि कारण सहित सफाइ पेश गर्न प्रमुख प्रशासकीय अधिकृत मार्फत निर्देशन भएको हो । उहाँले कुन निर्णयका आधारमा अनुमती दिएको भन्ने नदेखिएर स्पष्टीकरण सोधेका हौं’, सचिवालयका एक सदस्यले भने ।

स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू