विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधीकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैठकले कोशी प्रदेशमा विश्वका सर्वोच्च शिखर सगरमाथा रहेकोले मे २९ तारेखका दिन ‘सगरमाथा दिवस’ मनाउने निर्णय गरेको पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतिले बताएका छन् । सगरमाथा दिवसको अवसरमार प्रदेश सरकारले समिटर समिट समेत गर्ने भएको हो ।
प्रदेशस्तरीय अनुगमन तथा मूल्याङकन दिग्दर्शन २०८० स्वीकृत गर्नुका साथै प्रदेश योजना आयोगबाट अध्यावधिक प्रदेश पाश्र्वचित्र स्वीकृत गरी सार्वजनिक गर्ने निर्णय भएको मन्त्री उप्रेतीले बताएका हुन् ।
धनकुटाको धनकुटा नगरपालिका र मेक्सिकोको सिताकुयरो नगरबीच भगिनी सम्बन्ध कायम गर्न कोशी प्रदेश सरकारले स्वीकृति प्रदान गनै सिफारिस गर्ने निर्णाय गरेको उप्रेतिले बताएका छन्
प्रतिक्रिया दिनुहोस्