Ads

नितिश कुमार नवौं पटक बिहारको मुख्यमन्त्री


एजेन्सी \ जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले नवौं पटक बिहारको मुख्यमन्त्रीको सपथ लिएका छन्। उनलाई आइतबार साँझ राज्यपाल राजेन्द्र आर्लेकरले सपथ गराए। उनी भारतीय राष्ट्रिय कांग्रेससहितको इन्डिया गठबन्धन छाडेर भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए)मा सामेल हुँदै नवौं पटक बिहारको मुख्यमन्त्री बनेका हुन्।

राजीनामा दिएको केही घण्टामै उनी पुनः मुख्यमन्त्री बनेका हुन्। २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन्। विधानसभामा जेडीयू ४५, काङ्ग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर)का चार र सीपीआई (एम) र भाकपाको एक/एक सदस्य छन्।

Ads

सम्बन्धित पोष्टहरू