Ads

दाइजोको निहुँमा छोरीको हत्या भएको आरोप


रौतहट\  गौर नगरपालिका– ४ गढवामा दाइजोको निहुँमा छोरीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। भारतको मोतिहारी रुसुलपुर घर भई हाल काठमाडौंमा बस्दै आएका सञ्जय बैठाले ज्वाइँ र उनका परिवारका अन्य सदस्यले गरेको छोरी २१ वर्षीया पुनमदेवीको हत्या गरेको आरोप लगाएका हुन्।

बैठाले दाइजोको निहुँमा ज्वाइँ सुनिल बैठाले बुबाआमासँग मिलेर  गत शुक्रबारआफ्नी छोरीको हत्या गरेकोआरोप लगाए। सुत्ने कोठामा रहेको खाट नजिक घाँटीमा सलले बाँधिएको र दुवै गोडा भुइँमा छोएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुण्ड्याएको उनको आरोप छ।

बिहेमा नगद कम दिएको, सुत्ने खाट र कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएका सुनिलको परिवारले छोरी पुनमको हत्या गरेको बैठाको भनाइ छ।

उनका अनुसार अनुसार २०७७ साल जेठमा सुनिल र पुनमको विवाह भएको थियो।  उनीहरूका १६ महिनाका छोरासमेत छन्। दाइजो माग्दै पति सासू र ससुराले मानसिक र शारीरिक यातना दिने गरेको र यसविरुद्ध काठमाडौंमा प्रहरीमा उजुरीसमेत दिएको बैठाले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू