Ads

आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा थप


काठमाडौं । आजदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिने भएकाे छ । बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् ।

माघ १५ गतेसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ ।

त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्नेछन्  । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ । यसअनुसार आजदेखि ५ बजेसम्म नै सरकारी कार्यालयबाट सेवा पाइनेछ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने प्रचलन छ ।

Ads

सम्बन्धित पोष्टहरू