काठमाडौ\ अमेरिकी पिआर (स्थायी बसोबास अनुमति) लिएको उजुरी परेपछि समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट राजीनामा दिएकी छन्।
उपाध्यक्ष मोनिकाले पिआर लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मन्त्रालयमा उजुरी परेको थियो। उजुरी परेपछि उनले राजीनामा दिएकी छन्।
परिषद् अध्यक्षसमेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले उपाध्यक्ष मोनिकाले दिएको राजीनामा स्वीकृत गरेका छन्।मोनिका उपाध्यक्ष नियुक्त हुनुभन्दा अघिदेखि नै पिआर लिएको उजुरी परेको थियो।
पिआर भएको व्यक्तिलाई नियमअनुसार नियुक्ति दिन मिल्दैन। तर नेपाली कांग्रेसकी नेता उमा रेग्मी मन्त्री हुँदा आफ्नै बुहारी मोनिकालाई नियमविपरीत उपाध्यक्षमा नियुक्त गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्