Ads

स्वास्थ्य बिमा बोर्डका निर्देशक बसौला बर्खास्त


काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई पदबाट हटाएको छ ।

यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो । डा. बसौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्राचार गर्दै पदबाट हटाइएको जानकारी गराएको छ ।

उनले पदीय जिम्मेवारी पूरा नगरेको र बोर्डको हितविपरीत कार्य गरेको पत्रमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू