काठमाडाैँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले समकालीन राजनीतिक नेताहरूमा विशिष्ट पहिचान बनाएको बताएकी छन्।
‘संसदमा केपी ओली’ नामक किताब विमोचन गर्दै पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई सर्वाधिक प्रतिभाशाली नेताको रूपमा व्यख्या गरिन्।
ओलीका सम्बोधन समेटेर प्रकाशित भएको पुस्तक ‘संसद्मा केपी शर्मा ओली’को मंगलवार काठमाडौंमा विमोचन गर्दै भण्डारीले समकालीन नेतामा ओली पृथक पहिचान भएको नेता भएको बताएकी हुन् ।
‘केपी शर्मा ओलीज्यू समकालीन नेतामा पृथक पहिचान बनाउनु भएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधामनन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ,’ भण्डारीले भनिन्, ‘राजनीतिका साथै कला साहित्य, धर्म गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र लामो संघर्षले खारिनु भएका नेता हामी सबैका प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस्