Ads

राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न गठबन्धनको बैठक बालुवाटारमा


काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

मंगलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू भएको हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ६ प्रदेशमा कुनै तनाब नभए पनि कोशीमा भने माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन् ।

गठबन्धनले जित्ने मतभार भए पनि उनी पराजित भएपछि माओवादीले गठबन्धनको बैठकमा यस विषयमा समीक्षा गर्नुपर्ने बताउँदै आएको थियो ।

यसैले पनि प्रधानमन्त्रीले राष्ट्रिय सभा सदस्यको निर्वाचनको विषयलाई मुख्य एजेन्डा बनाएर बैठक आह्वान गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

Ads

सम्बन्धित पोष्टहरू