Ads

राष्ट्रिय सभामा कोशीको परिणाम : माओवादी शसंकित


बिराटनगर\ हालै सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आएको परिणामले सत्ता गठवन्धनमा खैलाबैला मच्चिएको छ । सत्ता गठवन्धनका उम्मेद्वारलाई नेकपा एमालेकी उम्मेद्वारले हराए पछि गठवन्धनमा यस बारे गम्भिर समिक्षा भएको छ । गठवन्धनका उम्मेद्वारका रुपमा रहेका कांग्रेसका कृष्णप्रसाद सिटौलो जित्ने र माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजीत भए पछि कांग्रेस प्रति माओवादी सशंकित भएको हो ।
यो परिणाम पछि बसेको सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको एक सिटमा आएको परिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार झन्डै चार घण्टा भएको छलफलमा शीर्ष नेताबिच १९ सिटमध्ये गठबन्धनले एक सिट गुमाएको सन्दर्भमा गम्भीर समीक्षा गरेर अघि बढ्ने समझदारी पनि भएको छ । बैठकपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले परिणामका सन्दर्भमा फेरि पनि छलफल गर्ने समझदारी भएको बताए ।

नेता लेखकले कोशी प्रदेशको विषय कुनै एक दलको मात्रै नभएको पनि जनाएका छन् । । उनले गठबन्धनका दलको गम्भीर सरोकार यो विषयमा रहेको र यसमा गम्भीर विश्लेषण गरेको समेत जनाएका छन्।
यसै विच गठबन्धन दलका शीर्ष नेताको बैठकमा संसद्लाई क्रियाशील बनाउने सन्दर्भमा पनि छलफल भएको छ । नेता लेखकका अनुसार सरकारले विधेयक तयार गरिरहेको र ती विधेयकहरू संसद्मा प्रस्तुत गर्ने सन्दर्भमा छलफल भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू