Ads

बंगलादेशविरुद्ध नेपालले पहिलो विकेट गुमायो


काठमाडाैँ । यू १९ विश्वकप क्रिकेटको सुपर सिक्स चरणमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

दक्षिण अफ्रिकाको बेलमफन्टिनमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपालले पाँचौँ ओभरमा पहिलो विकेटका रुपमा ओपनर विपिन रावललाई गुमाएको छ । उनी १२ बलमा २ रन बनाएर आउट भए ।

अहिले आकाश त्रिपाठी र अर्जुन कुमाल क्रिजमा छन् । नेपालले यो समाचार तयार पार्दासम्म ५ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू