धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको नियुक्ति गैरकानूनी भएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।
प्रा.डा.कार्कीको नियुक्ति गैरकानूनी भएकोले बदर गर्न माग गर्दै मंगलबार रिट दायर भएको हो । रिटको पेसी माघ १९ गतेका लागि तोकिएको अदालतले जनाएको छ ।
धरानका सुमन श्रेष्ठले नियुक्त खारेजीको माग गर्दै रिट दायर गरेका हुन् । प्रतिष्ठानबाट अवकास पाइसकेपछि कार्कीलाई कामु उपकुलपति नियुक्त गरिएको भन्दै प्रतिष्ठानका कर्मचारी र डाक्टरहरुले पनि उनको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।
रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश ममता खनालको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा छलफलका लागि दुबै पक्षलाई माघ १९ गते बोलाएको रिट निवेदक श्रेष्ठले बताए । छलफलपछि डा.कार्कीको नियुक्ति खारेज हुने रिट निवेदकको दावी छ ।
प्रतिक्रिया दिनुहोस्