सोलु\ अत्यधिक चिसो बढेपछि हिमाली पर्यटनको मुख्य गन्तव्य सोलुखुम्बुको उत्तरी क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसोको कारण खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् भने पर्यटकहरुको चहलपलह पनि बन्द भएको छ ।
स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरू काठमाडौँ र भारतको बुद्धगैयालगायतका क्षेत्रमा जाने गरेका छन् । अहिले खुम्बु क्षेत्र सुनसान बनेको छ ।
पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका हुन् । खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा पनि समस्या भएकोले त्यहाँ बसिरहेका स्थानीयलाई समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्