Ads

सबै अन्तर्राष्ट्रिय विमानस्थल‘पीपीपी’मोडेलमा चलाउन अध्ययन समिति गठन


काठमाडौं । सरकारले काठमाडौं, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक-निजी साझेदारीमा चलाउनका लागि अध्ययन समिति बनाएको हो।

त्यसैगरी पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने शर्तसहित पीपीपी मोडेलमा काम गर्ने गरी अध्ययन समिति बनाइएको हो।

मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो।

विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सह-सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको ५ सदस्यीय समिति बनाएको हो।

Ads

सम्बन्धित पोष्टहरू