Ads

गृहमन्त्री श्रेष्ठले भने– अपराध गर्नेलाई कारबाही गर्न थाल्यो कि बक्तव्यबाजी हुन्छ


काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध गर्नेहरूलाई समात्दा दबाब आउने गरेको बताएका छन् ।

अपराध गर्ने नेतालाई समात्दा हाम्रो नेतालाई समात्न पाइँदैन, कर्मचारीलाई समात्दा कर्मचारीलाई यसो गर्न पाइँदैन भन्ने वक्तव्य आउने गरेको उनले बताए ।

बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेपछि नेपाल उद्योग परिसंघले विरोध गरेको छ ।

त्यसको भोलिपल्ट गृहमन्त्री श्रेष्ठले जालसाजी गरेर ठग्ने छुट कसैलाई दिन सकिकिने बताएका हुन् । पोखरामा शुक्रबारबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्वोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले कर्मचारी र सबै सुरक्षा निकायलाई कुनै पनि दबाब र भयरहित भएर दृढतापूवर्क उभिन निर्देशन दिए ।

‘उच्च पदस्थ कर्मचारीले आवाज निकाल्न थाल्छ, कर्मचारीलाई त यसो गर्न भएन नि भनेर’ गृहमन्त्री श्रेष्ठले भने, ‘उद्योग व्यवसायीहरु पनि गल्ती अपराध गर्छन् र कारबाही गर्न थाल्यो भने बक्तव्यबाजी सुरु हुन्छ, दबाब सुरु हुन्छ । हामीले कर ति¥या’छौं, उद्योग व्यवसायीलाई त गर्न भएन नि भन्छन् ।’

निजी क्षेत्रको सहयोगबिना देशको अर्थतन्त्र सकारात्मक दिशामा जान नसक्ने आफूहरुले बुझेको बताए । तर कर तिरेको छु भनेर कसैलाई पनि अपराध गर्ने छुट नभएको श्रेष्ठको भनाइ थियो । उने भने, ‘कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिन्नँ । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिन्नँ ।

श्रेष्ठले अघि भने, ‘यसप्रकारको दबाब र हस्तक्षेप भइरहने हो भने हामीले हाम्रो देशलाई फेर्न पनि सकिन्नँ । त्यसैकारण म राष्ट्रसेवक कर्मचारीहरु र सुरक्षा निकायका सबै साथीहरुलाई भन्न चाहान्छु, तपाईंहरु दृढतापूवर्कक उभिनुस् ।’

उनले अवान्चित हस्तक्षेपबाट भयवित नहुन आग्रह गरे । सम्पन्नशाली, पहुँचवाला, सत्ताको भागीदार वा सत्तासँग पहुँच भएका राजनीतिक नेताहरु र कर्मचारीहरुको संलग्नता वा उनीहरुलाई प्रयोग गरेर हुने जालसाजी, कीर्ते, ठगी र राज्यको लुटलाई कुनै पनि हालतमा छुट नदिइने श्रेष्ठले दाबी गरे ।

‘आज हामी जुन अवस्थामा छौं, कुनै हालतमा यथास्थितिमा राख्न सकिन्नँ । यत्रो सम्भावना हुँदाहुँदै हामीले हाम्रो देश किन पछाडि प¥यो ?’ श्रेष्ठले भने, ‘आज ३० लाखभन्दा बढी नेपाली युवा अदक्ष मजदुरका रुपमा खाडी मुलुक र मलेसियामा छन् । यस्तो स्थिति किन उत्पन्न भइरह्यो ? आत्मसमीक्षा गर्नुपर्ने बेला छ ।’

सूशासनको अभाव एउटा समस्या भएको उनले बताए । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गरिएन भने समृद्धिले फड्को मार्न नसक्ने श्रेष्ठले बताए ।

सुशासन समृद्धिको अभियानका निम्ति पूर्व सर्त भएको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले भने, ‘हामी नै ठूलाबडा पहुँच भएका, पैसा भएकाहरुकै परिवरी हुन्छौं भने हामीले यो लोकतन्त्रबाट जनताले अपेक्षा गरेको कर्तव्य पूरा नगरेको ठहरिन्छ ।’

Ads

सम्बन्धित पोष्टहरू