Ads

आज पनि क्रान्तिको आवश्यकता छ, त्यो नीलो क्रान्ति हो : रवि लामिछाने


काठमाडाैँ । रास्वपाका सभापति रवि लामिछानेले हाम्रो युगका क्रान्तिको आवश्यकता भएको बताएका छन्।

आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’को मेलम्चीबाट शुभारम्भ गर्दै उनले परिवर्तनका लागि क्रान्ति आवश्यकता भएको दाबी गरेका हुन्।

‘यो देशमा धेरै रातो क्रान्तिहरू भए, यी क्रान्तिहरूको अवमूल्यन गर्ने धृष्टता कहिल्यै गर्ने छैन। कहिलेकाहीँ कुनै व्यक्तिलाई लिएर गरिने स्वभाविक हुन्छ,’ उनले भने, ‘तर इतिहासको कालखण्डमा भएका ती राता क्रान्तिहरूप्रति हामीले कुनै किसिमका अपमान गर्ने उद्देश्य राखेका छैनौँ।’

सभापति लामिछानेले हिजोका राता क्रान्तिमा रगत बगेको भन्दै अबको निलो क्रान्तिबाट पसिना बगाउन चाहेको बताए।

‘मात्रै यति भन्न चाहन्छु– हिजोको राता क्रान्तिमा रगत बग्यो, आजको निलो क्रान्तिमा पसिना बगाउन चाहन्छौँ। अब पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ,’ सभापति लामिछानेले भने।

उनले रास्वपाको उपस्थिति नयाँ पुस्ताका लागि मात्रै नभएको भन्दै अबको समाज कस्तो हुने भन्नेबारेमा पनि सचेत हुनुपर्ने बताए।

‘हाम्रो उपस्थिति केवल नयाँ पुस्ताको मात्रै उपस्थिति होइन। आउने पुस्ताका लागि कस्तो समाज बनाउँदै छौँ भन्ने कुरा हाम्रा अभिव्यक्ति र कार्यक्रममा देखिन जरुरी हुन्छ,’ सभापति लामिछानेले भने, ‘हामीले भन्दै आएका छौँ– यो देशमा धेरै आन्दोलन भए, तीनको सान्दर्भिकतामा मैले प्रश्न गरेको होइन। त्यसले दिएको योगदान र त्यसमा सहभागी दलका नेताप्रति प्रश्न गर्न खोजेको होइन।’

Ads

सम्बन्धित पोष्टहरू