Ads

राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव


काठमाडाैँ । राष्ट्रियसभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

एमाले सांसद पार्वती रावलको प्रस्तावमा सो प्रस्ताव राष्ट्रियसभामा दर्ता भएको हो ।

सो प्रस्तावको समर्थकमा कांग्रेस सांसद अनिता देवकोटा, एमाले सांसद भैरवसुन्दर श्रेष्ठ, माओवादी केन्द्रका सांसद गोपी सार्की अछामी, नेकपा एकीकृत समाजवादीकी मदन कुमारी शाह, जसपाका मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, स्वतन्त्र सांसद खिमलाल देवकोटा र मनोनीन सांसद विमला राई पौड्याल रहेका छन् ।

सवारी दुर्घटनाका कारण बर्सेनि ठूलो संख्यामा जनधनको क्षति भएको भन्दै सो क्षति रोक्न आवश्यक कानुनी तथा संरचनागत सुधारका लागि यो प्रस्ताव राष्ट्रियसभामा ल्याइएको हो ।

Ads

सम्बन्धित पोष्टहरू