Ads

एमाले नेता नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री बसन्तकुमार नेम्वाङको स्वास्थ्य स्थिति क्रमिक सुधार हुँदै गएको छ।

नेम्वाङकी पत्नी भूमिका सुब्बाले हाल नेम्वाङको उपचार जारी रहेको र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी दिएकी छन्।

पाँचथरबाट प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङलाई माघ १७ गते, एमाले ताप्लेजुङ जिल्ला कमिटीको सचिवालय बैठकमा सहभागी हुने क्रममा ब्रेन स्ट्रोक भएको थियो। ताप्लेजुङबाट हेलिकोप्टरमार्फत् काठमाडौं ल्याएर उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्‍याइएको थियो।

‘हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। डाक्टरको सल्लाहअनुसार अन्य बाहिरी संक्रमणबाट जोगाउन परिवारका केही सदस्य बाहेकलाई भेटघाट गर्न दिएका छैनौं,’ नेम्वाङकी पत्नी सुब्बाले भनेकी छन्।

Ads

सम्बन्धित पोष्टहरू