इलाम । चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले पुर्खौली जग्गा स्वास्थ्य संस्थालाई प्रदान गरेका छन् । इलाम नगरपालिका–१, साखेजुङका रहेको तीन रोपनी दुई दाम दुई पैसा जग्गा मंगलबार इलामको मालपोत कार्यालय पुगेर कलाकार बस्नेतले स्वास्थ्य संस्थालाई पास गरीदिएका छन् । कित्ता नम्बर २ ख ५३ रहेको तीन रोपनी दुई दाम दुई पैसा जमिन स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई दान दिएका हुन् ।
आफ्नो घर भएको ठाउँको जग्गा दान दिन पाउँदा खुसी भएको कलाकार बस्नेतले बताए ।
वडा १ का वडाध्यक्ष गायत्रीराम बस्नेतले जनता आधारभूत विद्यालयसँगै रहेको स्वास्थ्य उपकेन्द्रलाई जग्गा निकै साँघुरो भएका बेला कलाकार बस्नेतले दिएको जमिन निकै उपयोगी हुने बताए ।
प्रतिक्रिया दिनुहोस्