Ads

पाथिभरामा भारु सिक्का गणना


ताप्लेजुङ, ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको भारतीय (भारु) सिक्का गणना गर्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको भारतीय सिक्का रकम पहिलो पटक गणना गर्न थालिएको हो।

पाथीभरा दर्शनमा आउने भक्तजनले देवीको नाममा नगद नोट रुपियाँ र सिक्का चढाउने तथा दान गर्ने गर्दछन्। हालसम्म नोट मुद्रा र नेपाली सिक्का मात्र गणना गरी व्यवस्थापन गरिँदै आएकोमा यस पटकदेखि भारु सिक्का पनि गणना गर्न थालिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार माघ महिनाको दोस्रो सातायता भारतीय सिक्का गणना गर्न सुरु गरिएको र हालसम्म चार लाख ९० हजार रुपियाँ बढी गणना गरी सकिएको छ। अहिले समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत भारतीय सिक्का धमाधम गणना भइरहेको छ ।

समितिका अनुसार पाथीभरामा सङ्कलन भएको भारतीय सिक्का अझै ठुलो परिमाणमा गणना गर्न बाँकी रहेको छ। भारतीय सिक्का १० रुपियाँ, पाँच, दुई र एक रुपियाँ दरका रहेका छन्। भारतीय सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने जनाईएको छ ।

Ads

सम्बन्धित पोष्टहरू