Ads

भ्रष्टचारी, ठग र अराजक भिआइपी हुँदैन, पाता कसेर लैजानुपर्छ: गगन थापा


काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारी, ठग र अराजक कोही पनि भिआइपी नहुने भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले शुक्रबार गरेको सम्मेलनमा बोल्दै महामन्त्री थापाले जतिसुकै शक्तिशाली भए पनि गल्ती गरेका छन् भने कारबाही हुनुपर्ने बताए।’

‘भ्रष्टचारी भिआइपी हुँदैन, ठग भिआइपी हुँदैन, अराजक भिआइपी हुँदैन। सबै बराबर हुन्छ, जतिसुकै शक्तिशाली होस् कोही भिआइपी छैन यहाँ,’ उनले भने।

कांग्रेसले अहिले देखिएको अलमलबाट देशलाई बाहिर निकाल्नुपर्ने महामन्त्री थापाले बताए । उनले संघदेखि स्थानीय तहसम्म कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले गल्ती गर्ने छुट नभएको औंल्याए ।

‘शक्तिशालीलाई पनि पाता कसेर लैजानुपर्छ, अनि बल्ल विधिको शासन हुन्छ,’ थापाले भने, ‘नक्कली कागज बनाएर कसैले नागरिकता बनाउँदा नागरिकलाई भए पाता कसेर लैजान्छ भने शक्तिशालीलाई पनि त्यसैगरी पाता कसेर लैजानुपर्छ। अनि बल्ल यो विधिको शासन हुन्छ।’

Ads

सम्बन्धित पोष्टहरू