Ads

मध्यपुर थिमि नगरपालिकाको एक कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी


भक्तपुर । भक्तपुर जिल्लाकोको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ कमेरोटारमा रहेको एक कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ । आज  शनिवार दिउँसो २ बजेदेखि सुरु भएको आगो नियन्त्रणको प्रयास भइरहेको जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।

आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरबाट २ वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौंबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीबाट कवाडी सङ्कलन केन्द्रमा राखिएका सामग्रीहरू नष्ट भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू