Ads

स्थाई रुपमा विदेशीनेको संख्या उच्च


काठमाण्डौ\ अध्ययन् र रोजगारीका लागि नेपालीहरु विदेशीने क्रम उच्च भई रहेको अवस्थामा नेपालबाट बसाई सरेर विदेश जानेहरुको संख्या पनि उच्च देखिएको छ । १ वर्षमा ७० हजार भन्दा बढि नेपाली स्थाई रुपमा विदेशीएका छन् ।

गएको वर्ष नेपालबाट ७० हजार नौ सय १५ जना नेपाली स्थायी बसोबासका लागि विदेशिएका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा अध्यागमन विभागले यो जानकारी दिएको हो ।

विभागका विभागका महानिर्देशक रुद्रसिंह तामाङ्का अनुसार सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार चार सय ६९ जना भित्रिएका थिए । उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार तीन सय ६९ जना नेपाली विदेशमा नै बसेको जनाए । यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार पाँच सय ४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार तीन सय ४९, स्थायी बसोवास भिसामा ७० हजार नौ सय १५ र विवाह गरेर डिपेन्डेन्ट भिसामा २० हजार छ सय १३ जना नेपाली विदेश गएका हुन् ।

यसमा भारतको भूमि भएर तेस्रो देशमा गएका दुई लाख ९२ हजार दुई सय ४० जनाको सङ्ख्या समावेश छैन। सन् २०२३ मा आठ लाख आठ हजार चार सय १५ नेपाली श्रमिकको रूपमा विभिन्न देश गएको विभागको तथ्याङ्क छ । महानिर्देशक तामाङले अध्यागमन कार्यविधि २०६५ सालमा नेपालीलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ समाल फागुन २६ गते नेपाल सरकारको सचिवस्तर निर्णयबाट जटिल बनाइएको पनि बताएका छन्। अध्यागमन विधेयकलाई समयसापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

सन् २०२३ मा विभिन्न कारणबाट चार सय ५९ विदेशीलाई नेपालबाट निष्कासन गरेको विभागको तथ्याङ्क छ ।

Ads

सम्बन्धित पोष्टहरू