Ads

क्यानडाविरुदको सिरिज ‘क्लिन स्विप’ गर्न नेपाललाई २३३ रनको चुनौती


काठमाडाैँ । क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले २३३ रनको विजयी लक्ष्य पाएको छ ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। नेपालले आजको खेलमा जित निकाले सिरिज क्लिन स्विप गर्नेछ। नेपालले पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको थियो। दोस्रो खेलमा भने ४ विकेटको जित हात पारेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रनको योगफल तयार पारेको हो।

क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए। ८२ बलमा ५ चौका हानेका नवनित ५० रनमा ललित राजवंशीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए।

निखिल दत्ता ४५ रनमा रन आउट भए। ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के। हर्ष ठाकर २९ रन बनाउँदा कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे।

श्रेयस मोभ्भा २५ रन बनाउँदा हेमन्त धामीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। श्रीमन्था विजयरथे २२ रन बनाउँदा आकाशको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे।

ओपनर आरोन जोनसन ४ तथा निकोलस किर्तन ३ रनमा पेभेलियन फर्के। डिलोन हेलिगेर ४ रनमा नै क्याच आउट भए। कप्तान सद विन जफर ३१ र शाहिद अमदजाइ ५ रनमा अविजित रहे।

नेपालका लागि हेमन्त धामीले ३ विकेट लिए। सिनियर टोलीमा डेब्यु खेल खेलिरहेका हेमन्तले ८ ओभरमा ४९ रन खर्चे। नेपालबाट ओडिआई खेल्ने हेमन्त ४१ औँ खेलाडी हुन्।

कुशल मल्लले २ विकेट लिए। कुशलले आफ्नो स्पेलमा १ मेडन राख्दै ३८ रन खर्चे। ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे।

Ads

सम्बन्धित पोष्टहरू