Ads

कालोधनलाई सेतो पार्ने प्रपञ्च मान्य नहुने एमालेको चेतावनी


काठमाडौ\ राष्ट्रिय सभा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले कालो धनलाई सेतो बनाउन दिने कानूनी प्रपञ्च मान्य नहुने चेतावनी दिएका छन् ।

सोमबार राष्ट्रिय सभामा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा भाग लिँदै दाहालले कुनै अपराधबाट कमाएको होईन भनेर स्वघोषणा गर्दा आयकर काटेर बाँकि छुट दिने व्यवस्थाले आशंका पैदा गराएको बताए । ‘त्यस्तो सम्पत्ती कहाँबाट आउँछ, के आकाशबाट झर्छ’ भन्दै प्रश्न गर्दै उनले यसरी कालो धनलाई सेतोबनाउने प्रपञ्च मान्य नहुने बताएका थिए ।

यसै गरि नेता दाहालले क्यासिनोका सम्वन्धमा रहेका अस्पष्ट व्यवस्थाहरुलाई स्पष्ट बनाउन समेत सदन मार्फत कानूनमन्त्री समक्ष माग गरेक । उक्त विधेयकका बारेमा धारणा राख्दै एमाले प्रमुख सचेतक भैरवसुदर श्रेष्ठले समेत विधेयकका कयौ विषयहरु अस्पष्ट रहेको भन्दै प्रष्ट बनाउन आग्रह गरे । सो क्रममा उनले विधेयकमा रहेका कतिपय व्यवसथाले अबैध सम्पत्तीलाई बैध बनाउन कानूनमै व्यवस्था गरिन लागिएको भन्दै त्यस्तौ कुरा मान्य नहुने समेत बताए ।

सांसदहरु भगवती न्यौपाने, बिमला राई पौडेल, दिलकुमारी रावल थापा पार्वती, तुलसाकुमारी दाहाल, रामचन्द्र राई सहित राधेश्याम पासवानले पनि धारणा राखे भने सांसदहरुको प्रश्न पछि कानूनमन्त्री धनराज गुरुङ्ले जवाफ दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू