Ads

‘जनयुद्ध दिवस’को अवसरमा थुलुङ दुधकोशी गाउँपालिकाले दियो सार्वजनिक बिदा


काठमाडाैँ । ‘जनयुद्ध दिवस’को अवसरमा सोलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

माघ २८ गते अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको गाउँपालिकाको बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिए ।

यसअघि रुकुम पूर्वकाे सिस्ने,भूमे, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकाले पनि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने घोषणा गरिसकेका छन् । यहीबीच थुलुङ दुधकोशीले पनि बिदा दिने निर्णय गरेको हो ।

यता सर्वोच्च अदालतले भने संविधानले ‘जनयुद्ध’ शब्द नचिन्ने उल्लेख गरेको छ । जनयुद्ध दिवसका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाविरुद्ध दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा अदालतले यस्तो प्रष्टोक्ति दिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू