Ads

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– कांग्रेसले धाेका दियाे, गठबन्धनबारे साेच्नुपर्छ


काठमाडाैँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसबाट धोका भएको बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसबाट धोका भएको बताएका हुन् ।

कोशी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट आफूहरूले धोका पाएका बताएका उनले सधैँ गठबन्धनबाट धोका भइरहेकाले अब गठबन्धनमा समीक्षा गरिने बताएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ । गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ’, बैठकमा प्रचण्डले भनेकाे ती केन्द्रीय सदस्यले जानकारी दिए ।

काेशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भए पनि कांग्रेसले चलखेल गरेर आफैँ लिएकाे र राष्ट्रियसभा निर्वाचनमा पनि कांग्रेसबाट धाेका भएकाे माओवादी बुझाइ छ ।

११ माघमा भएकाे राष्ट्रियसभा निर्वाचनमा काेशीमा सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू