Ads

सरकारले घटायाे बजेटकाे आकार, यस्ताे छ संशोधित अनुमान


काठमाडाैँ । सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ।

सोमबार चालु आर्थिक वर्ष २०८०–८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटेको बताएका हुन् ।

उनले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए । चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताएका हुन् ।

लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाे भन्दै बजेटको आकार घटाइएको हाे । त्यस्तै चालुतर्फ कुल ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुनेगरी लक्ष्य निर्धारण गरिएको छ ।

हेर्नुहाेस् पूर्णपाठ :

Ads

सम्बन्धित पोष्टहरू